Developed By Kuldeep Sharma

May 8, 2022

वडाध्यक्षका उम्मेदवारको ‘सुसाइड नोट’ : मलाई चिरफार नगर्नू, सबैले हेर्न पाऊन्

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-८ को वडाध्यक्ष पदका बागी उम्मेदवार नेपाली कांग्रेसका गणेश पौडेलले झुण्डिएर आत्महत्या गरेको पुष्टि भएको छ।

शनिबार बिहान आफ्नै निवास पछाडि झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो। उनले आत्महत्या गरेको हुन सक्ने स्थानीयले बताएका थिए। यस्तैमा उनको आत्महत्या गर्नुअघिको ‘सुसाइड नोट’ फेला परेको छ। स्थानीयले बताएअनुसार उनी चुनाव र पार्टीगत विवादले केही दिनयता तनावमा थिए। त्यही तनावले घटना भएको सुसाइड नोटमा उल्लेख छ।

उक्त सानो कागजको टुक्रामा उनले आफ्नो मृत्युको कारण कसैलाई दोष नदिनु भनेका छन्। उनले लेखेका थिए- डीएसपी एन कार्की एकदमै राम्रो मान्छे। यति बुझिदिनु। मलाई चिरफार नगरी दिनू। सबैले हेर्न पाउन। बुवा आमालाई माया गर्नु सबैले। भतिजा भतिजीलाई हेर्नु। म आफ्नै कारणबाटआजदेखिबिदा हुँदैछु। घर परिवारलाई ठीकसँग राख्नु। कसैले पीर नगर्नु। समय कम छ। यति नै लेखें। अस्तु।

नेपाली कांग्रेसका क्रियाशील नेता रुपमा चिनिएका पौडेलले यसपटकको निर्वाचनमा वडा नम्बर ८ को वडाध्यक्ष पदका दाबेदार थिए। पार्टीबाट टिकट पाउनुपर्ने उनको माग थियो। तर, पार्टीले टिकट नदिएपछि प्यानलसहित उनले बागी उम्मेदवारी दिएका थिए। अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षका लागि उनको नाम सिफारिसमा परेको भए पनि उनले टिकट भने पाएका थिएनन्।

यसपटक पनि टिकट नपाएपछि बागी उम्मेदवार बनेर खडा भएका उनलाई पार्टीबाट समेत उम्मेदवारी फिर्ता लिन दबाब आएको थियो। उम्मेदवारी फिर्ता नलिएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

तीन दिनअघि पौडेल इनरुवाबाट अपहरणमा समेत परेका थिए। तर, अपहरणको परेको भनिएका पौडेल भोलिपल्ट बेलुका सम्पर्कमा आएका थिए। परिवारजनले भने हराएको भनी प्रहरीमा निवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma