Developed By Kuldeep Sharma

May 8, 2022

चुनावी घरदैलो : स्थापित र बालेनको जम्काभेट

काठमाडौं। स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रतिस्पर्धी केशव स्थापित र बालेन शाहको जम्काभेट भएको छ। घरदैलो अभियानका क्रममा नेकपा एमालेबाट मेयरका उम्मेदवार स्थापित र स्वतन्त्र उम्मेदवारी दिएका बालेनबीच भेट हुँदा दुवैले हार्दिकता देखाएका छन्।

आफ्नो तस्वीर राखेर बालेनका लागि सामाजिक सञ्जालमा भोट मागेको भन्दै बालेनविरुद्ध तुष पोखिरहेका स्थापितले बालेनलाई अँगालो हालेर जितका लागि शुभकामना दिएका छन्।

यसैगरी बालेनले पनि हार्दिकता देखाउँदै स्थापितलाई जितका लागि शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma