Developed By Kuldeep Sharma

March 31, 2024

सुदूरपश्चिममा नयाँ सत्ता गठबन्धनको सरकार बनाउन माओवादीको पहल

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले नयाँ सत्ता गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ।

आज माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले नेकपा ९एमाले०सहितका दलको सहभागीतामा सरकार बनाउने निर्णय गरेको हो। मुख्यमन्त्रीमा दाबी प्रस्तुत नगरी प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिने छलफल समेत भइरहेको छ।

माओवादी केन्द्रका उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह इन्चार्ज विना मगर, प्रदेश अध्यक्ष हरि चौधरीलगायतको उपस्थिति रहेको बैठकमा मुख्यमन्त्री नाउपालाई दिने छलफल भएको हो।

सुदूरपश्चिम प्रदेश सभामा माओवादीसँग ११ सांसद रहेका छन्। सुदूरमा अहिले नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma