Developed By Kuldeep Sharma

April 7, 2024

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

अधिकारीले आज बिहान प्रदेश प्रमुख भट्ट समक्ष दाबी पेस गरेका थिए। शपथ ग्रहणको लागि दिउँसो साढे ३ बजेको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो।

मुख्यमन्त्री दाबीका लागि सभामुखको प्रयोग गर्नु असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुखलाई पत्र बुझाएको छ। आइतबार अपराह्न मात्रै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन्। उक्त पत्रमा असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरिएको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनतर्फ नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद रहेका छन्।

यस्तै ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma