Developed By Kuldeep Sharma

May 9, 2022

चितवनमा कार्यकर्ताको हत्या, बिहानैदेखि विरोध प्रदर्शनमा उत्रियो कांग्रेस

चितवन। चितवनमा नेपाली कांग्रेसका कार्यकर्ताको हत्या भएको छ। आइतबार साँझ अज्ञात समूहले आफ्ना कार्यकर्ताको धारिलो हतियार प्रयोग गरी हत्या गरेको चितवन कांग्रेसले जनाएको छ।

आइतबार साँझ अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी भरतपुर १२ मिलनचोकका अनिल परियारको हत्या गरेको हो। कांग्रेसका स्थानीय नेताका अनुसार उनी कांग्रेसको भ्रातृ संगठनको बागमती प्रदेश सदस्य थिए।

निर्वाचनका बेला भएको उनको हत्या सुनियोजित रहेको भन्दै चितवनका कांग्रेस नेता–कार्यकर्ता बिहानैबाट विरोधमा उत्रिएका छन्। परियारको शव भरतपुर अस्पतालमा राखिएको छ। अस्पताल परिसरमा कांग्रेस नेता कार्यकर्ताको भीड लागेको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरी अधिकारीका अनुसार आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो। घटनामा संलग्न समूह पहिचान हुन सकेको छैन।

स्थानीय कृष्णपुरको फुटबल मैदाननजिकै हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई भरतपुर मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma