Developed By Kuldeep Sharma

May 9, 2022

विष खुवाइएपछि बिरामी उम्मेदवारको आईसीयूमा उपचार हुँदै

काठमाडौँ। विष खुवाइएपछि गम्भीर बिरामी परेका सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार मो।शेख इस्तिहारको अवस्था सुधार हुँदै गएको छ।

इस्तिहारसहित बिषादी खुवाइएका अर्का एक बिरामीको हाल वीरगञ्जस्थित बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

‘उहाँको अवस्था सुधारोन्मुख छ,’ माओवादी केन्द्रका सर्लाही जिल्ला संयोजकसमेत रहेका हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार कमल बुढाथोकीले भने, ‘इस्तिहार र ओमप्रकाश रौनियारको बयोधामा उपचार भइरहेको छ। अन्य बिरामी हरिवनमै उपचाररत हुनुहुन्छ।’

आइतबार बिहान हरिवन–११ मा माओवादी केन्द्रले गरेको घरदैलोको क्रममा वडाध्यक्षका उम्मेदवारसहितलाई विष खुवाइएको आरोप छ। उपचारमा संलग्न चिकित्सकले पनि बिरामीमा विषादीको लक्षण देखिएको बताएका छन्।

विषादी मिसाइएको मिठाइ खाँदा वडाध्यक्षका उम्मेदवार इस्तिहारसहित ६ जना बिरामी परेका छन्। उनीहरुलाई एमाले उम्मेदवारको योजनामा विष खुवाएको आरोप माओवादी केन्द्रले लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma