Developed By Kuldeep Sharma

May 9, 2022

श्रीलंकामा सांसदले प्रदर्शनकारीमाथि गोली चलाएर गरे आत्महत्या

काठमाडौं। श्रीलङ्कामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ।

भिडन्तमा कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।

सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसद्ले त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको एक प्रहरी अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma