नवलपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन आफ्नो गृह जिल्ला नवलपुरको निर्वाचन अभियानमा खटिएका छन् । जिल्लाका आठवटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई जिताउन उनी निर्वाचन अभियानमा होमिएका हुन् ।
नेता चौधरी अहिले गठबन्धनका उम्मेदवारहरूको नेतृत्व गर्दै नवलपुरका घरदैलो कार्यक्रममा सक्रिय छन् । जिल्लाका विभिन्न ठाउँहरूमा आयोजित चुनावी कोणसभाहरूलाई सम्बोधन गर्दै नेता चौधरी जिल्लाका दुर्गम गाउँहरूमासमेत पुगेर जनतासँग भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने र ती समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नवलपुरलाई नमुना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाईरहेका छन् ।
प्रतिक्रिया