डोटी । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै मन्त्री आलेले देश विकास गर्नकै लागि पाँचदलीय गठबन्धन भएको उल्लेख गरे। स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने उनको भनाइ थियो।
मन्त्री आलेले भने, “देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँचदलीय गठबन्धन गरेका हौँ, स्थानीय तह निर्वाचन पछि अधुरा काम सम्पन्न गर्न सहज हुनेछ।” गठबन्धनका उम्मेदवारलाई जिताउनसमेत उनले सबैमा आग्रह गरे।
प्रतिक्रिया