रुकुम पश्चिम । प्रहरी चौकी तोडफोड गरेको आरोपमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) त्रिवेणीका गाउँपालिकाका अध्यक्ष गणेश खड्का रिहा भएका छन्। चौरजहारी नगरपालिका-१४ मा रहेको प्रहरी चौकी तोडफोडको घटनामा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
खड्कालाई सोधपुछपछि प्रहरीले मंगलबार राति नै छाडेको हो। उनलाई आवश्यक परे पुनः प्रहरी कार्यालयमा हाजिर हुने गरी छाडिएको छ। २२ वैशाखमा कांग्रेस र माओवादी कार्यकर्ताबीचमा झडप हुँदा प्रहरी चौकीमासमेतमा समेत क्षति भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया