Developed By Kuldeep Sharma

May 12, 2022

गोपाल हमालको आरोप- प्रधानमन्त्रीकै सल्लाहकारबाट मेरो चरित्र हत्या भयो

काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आफूमाथि गलत आरोप लगाएको बताएका छन्।

केही दिनअघि आफ्नै घरमा काम गर्ने महिलामाथि यौन शोषण गरेको भनी एक सञ्चारमाध्यमले उनीविरुद्ध रिपोर्ट प्रकाशित गरेको थियो। उक्त समाचारमा जनाइएअनुसार उनले घरमा काम गर्ने महिलामाथि संवेदनशील अंगसहित शरीरमा तेल लगाउन लगाउने, लुगा फुकाल्न र शारीरिक सम्बन्ध राख्न दबाब दिने गरेका थिए।

उक्त समाचार झूटा रहेको उक्त आरोप लगाउने महिलालाई आश्वासन देखाएर नियोजित रूपमाा भिडियो बनाएको उनले एक विज्ञप्ति मार्फत भनेका छन्। यस कार्यमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारकै टिम रहेको उनले आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma