Developed By Kuldeep Sharma

May 12, 2022

मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ

जनकपुरधाम । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्।

उनले धनुषाको जनकपुरधाममा मुस्लिम मतदातालई पैसा बाँडेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनलाई जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षत्रीको टोलीले पक्राउ गरेको हो।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ।

May be an image of 6 people and people standing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma