Developed By Kuldeep Sharma

May 12, 2022

कांग्रेसले गर्यो पूर्वसांसद श्रेष्ठसहित पाँच नेतालाई निलम्बन

काठमाडौं। नेपाली कांग्रेसले चितवनका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच नेतालाई निलम्बन गरेको छ।

स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै उनीहरुलाई निलम्बन गरेको हो। बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवं पाँचदलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचैजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको हो।

निलम्बनमा पर्नेहरूमा पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्वजिल्लासचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन्। उनीहरूलाई तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको कांग्रेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma