काठमाडौं। संघीय संसद्को ११ औँ अधिवेशन मंगलबारबाट सुरु हुँदैछ।
१५ जेठमा आर्थिक वर्ष २०७९/०८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११ औँ अधिवेशन आह्वान गरिएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको ११ औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
प्रतिक्रिया