Developed By Kuldeep Sharma

May 17, 2022

रुरुक्षेत्रको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

गुल्मी।  गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वाचित ज्ञवालीले ५ हजार ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन्।

उपाध्यक्षमा एमालेकी मिनादेवी गौतम ५ हजार ४५१ मतसहित निर्वाचित भएकी छन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत पाएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma