Developed By Kuldeep Sharma

May 18, 2022

झापाको कचनकवलमा कांग्रेस र एमाले मिलेर राप्रपालाई हराए

काठमाडौं। झापाको कचनकवल गाउँपालिकामा नेकपा(एमाले) र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पराजित गरेको हो ।

गठबन्धनको सहयोगमा नेपाली कांग्रेसले जित हासिल गर्याे । कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले ११ हजार ४५७ मतका साथ विजय हासिल गरे । उनले निर्वतमान गाउँपालिका अध्यक्ष तथा राप्रपा उमेदवार अन्जरा आलम ६ हाजर ६६७ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने नेकपा (एमाले) विजयी भयो । गठबन्धनको सहयोगमा एमालेका नवराज भट्टराईले ८ हजार १४३ मत प्राप्त गर्दै जित निकाले । राप्रपा उमेदवार निमसरी राजवंशीले ६ हजार ८०२ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma