Developed By Kuldeep Sharma

May 18, 2022

कांग्रेसले माओवादीबाट बर्दियामा दुई नगरपालिका खोस्यो

काठमाडौं ।  बर्दियामा नेकपा माओवादी केन्द्रले विगतमा जितेका दुई नगरपालिका यसपटक कांग्रेसको जिम्मा लगाएको छ। ०७४ मा माओवादीले जितेको बारबर्दिया र मधुवन नगरपालिका यो पटक गुमाएको हो।

दुबै नगरपालिकामा यसपटक नेपाली कांग्रेस विजयी भएको छ। बारबर्दियामा नेपाली कांग्रेसका छविलाल थारू र उपप्रमुखमा कांग्रेसकै रत्नकुमारी पाण्डे निर्वाचित भएका छन्। त्यस्तै मधुवन नगरपालिका प्रमुखमा कांग्रेसकै तेजबहादुर भाट निर्वाचित भएका छन् भने उपप्रमुखमा अनिता चौधरी निर्वाचित भएकी छन्।

माओवादी केन्द्रले यसअघि जितेको राजपुर नगरपालिकामा मात्रै विजय हासिल गरेको छ। राजापुरमा माओवादी केन्द्रका दिपेश थारी प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा मनकलाकुमारी चौधरी निर्वाचित भएकी छन्।

बर्दियका ८ पालिकामध्ये नेपाली कांग्रेसले ५ मा जित हासिल गरिसकेको छ। उसले गुलरिया नगरपालिका, गेरूवा गाउँपालिका, मधुवन नगरपालिकामा, बारबर्दिया नगरपालिका प्रमुख र उपप्रमुख दुवै जितेको छ भने ठाकुरबाबा नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमाले विजयी भएको छ। बाँसगढी नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ। बढैयाताल गाँउपालिकाको मत गणना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma