Developed By Kuldeep Sharma

May 18, 2022

दोधाराचाँदनीको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार गंगादेवी जोशी विजयी भएकी छन्।

लिम्बूले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका छन्। लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत प्राप्त गरे। उपप्रमुखमा जोशीले ६ हजार ३६५ मत प्राप्त गरेकी छन्। एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma