Developed By Kuldeep Sharma

April 22, 2022

प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैनः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको टिप्पणी गरेका छन्। विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा एक शुभकामना जारी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार ग¥यो। वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो। तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन।’ शुभकामना सन्देशमा लेखेका छन्।

प्रचण्डले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको उल्लेख गरेका छन्। उनले प्रतिगमनविरूद्ध संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेकोसमेत बताएका छन्।

यस्तै ‘प्रचण्ड’ले अग्रगमनका लागि भन्दै आगामी स्थानीय तह चुनावमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन्।

May be an image of text

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma