Developed By Kuldeep Sharma

June 1, 2022

कांग्रेससँग तालमेल गरि अध्यक्ष जितेको माओवादी कार्यपालिकामा भने एमाले तिर

काठमाडौं। सुर्खेतको चौकुने गाउँपालिकामा नेपाली कांग्रेससँग गठबन्धन गरी अध्यक्ष जितेको नेकपा माओवादी केन्द्रले कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको छ।

कार्यपालिकामा निर्वाचित हुनुपर्ने ६ जना सदस्यका लागि माओवादीले एमालेसँग सहकार्य गरी आज भएको चुनावमा ४ जना माओवादी र २ जना एमालेबाट कार्यपालिका सदस्य निर्वाचित भए। एमालेसँग तालमेल गरी माओवादीले आफूले चार र एमालेबाट २ जना सदस्यलाई उम्मेदवार बनाएको थियो।

एमालेबाट महिला सदस्यमा कमलादेवी विक र दलित वा अल्पसंख्यक सदस्यमा शंकरबहादुर कामी उम्मेदवार बनेका थिए। माओवादीबाट महिला सदस्यमा अम्बि विक, पदमा देवी विश्वकर्मा र हजुरा कुमारी बिष्ट उम्मेदवार थिईन् भने दलित वा अल्पसंख्यक सदस्यमा उज्जीरे ढोली उम्मेदवार थिए।

कांग्रेसबाट दलित वा अल्पसंख्यक सदस्यमा दिपक विक र अम्मरे कामी उम्मेदवार थिए। महिला सदस्यमा अमृता बोहोरा, उज्जादेवी विक, पञ्चकली बुढा र राधिका विक उम्मेदवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma