Developed By Kuldeep Sharma

April 24, 2022

शिवालयमा भत्कियो गठबन्धन, कांग्रेसले उठायो आफ्नै उम्मेदवार

काठमाडौं। जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नेता शेरबहादुर शाही अध्यक्षको उम्मेदवार बन्ने भएका छन्।

गठबन्धनका नाममा ७ सय मत ल्याएको माओवादीलाई २५ सय मत ल्याएको कांग्रेसले अध्यक्षमा समर्थन गर्ने नेतृत्वबाट निर्णय भएपछी शाहीको नेतृत्वमा नेपाली कांग्रेस चुनावमा होमिने पक्का भएको हो। बौद्धिक,शालीन,भद्र एवं प्रखर वक्ता नेता शाही त्यागी एवं शादगी नेताका रुपमा चिन्न्छिन।

भोली शाहीको नेतृत्वमा नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको शिवालयका कांग्रेस युवा नेता चन्द्रअधिकारीले बताए। शिवालय गाउँपालिका अध्यक्षमा शाही अध्यक्षमा उम्मेदवार बन्ने भएपछी निराश भएका कांग्रेस कार्यकर्तामा खुसीयाली छाएको छ।

कांग्रेसको गढ भएको स्थानमा पनि जिल्लातहका नेताले माओवादीलाई अध्यक्ष दिने निर्णय भएपछी शिवालयका कांग्रेस नेता एवं कार्यकता शाहीलाई अध्यक्ष उम्मेदवार बनाउने निर्णयमा पुगेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma