Developed By Kuldeep Sharma

September 1, 2022

पैसा तिरेर फेसबुक र इन्स्टाग्राम चलाउने फिचर ल्याउँदै मेटा

काठमाडौं। मेटाले पैसा तिरेर फेसबुक र इन्स्टाग्राम चलाउने फिचर ल्याउने भएको छ। त्यसका लागि कम्पनीले एक छुट्टै समूह नै तयार पारेको छ।उक्त समूहले आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताले पैसा तिरेर प्रयोग गर्नसक्ने सेवा र फिचरको पहिचान तथा निर्माण गर्नेछ। पछिल्लो समय घट्दो आम्दानीलाई लिएर कम्पनीले यो कदम चालेको बताइएको छ।

मेटासँग फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता प्लेटफर्म छन्, जसका अर्बौं प्रयोगकर्ता छन्  तर, पनि एप्पलको विज्ञापन ट्रयाकिङ र सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कम लगानी हुन थालेपछि मेटाले आम्दानी गुमाइरहेको छ।

यस्तोमा कम्पनीले प्राप्ति राय चौधरीको नेतृत्वमा ‘मनिटाइज एक्सपिरियन्स’ नामक समूह खडा गरेको हो। यसअघि चौधरी मेटाको अनुसन्धान टिमको प्रमुख थिइन्।

चौधरीको नेतृत्वले कम्पनीलाई आम्दानीका नयाँ स्रोतहरु पहिल्याउ सहयोग गर्ने बताइएको छ। हुन त अझै पनि कम्पनीको सबैभन्दा ठूलो आम्दानीको स्रोत विज्ञापन नै हो । त्यो हुँदा विज्ञापन बढाउनु नै कम्पनीको सबैभन्दा ठूलो लक्ष्य हुने यसअघि कम्पनीको मनिटाइजेशन ओभर्सिज ग्रुगमा उपाध्यक्ष जोन हेगम्यानले बताएका थिए।तर, सँगै थप नयाँ आम्दानीको स्रोतको रुपमा नयाँ प्रडक्ट र फिचरमा काम गर्ने तयारी मेटाले गरेको हो। हालसम्म कम्पनीले कस्तो फिचर र प्रडक्ट फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राममा थप हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन।

केही खबरअनुसार प्रयोगकर्ताले फेसबुक लगायतका प्लेटफर्ममा सशुल्क फिचर थप्ने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma