काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्ततः परीक्षण चरणमा प्रवेश गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो।
यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
जहाज आइतबार नै नेपाल आएको हो। यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ।
प्रतिक्रिया