Developed By Kuldeep Sharma

May 10, 2022

इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्कको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्क प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।

नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेको कारण देखाउँदै उक्त कम्पनीको लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ।

एक सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा सञ्चालन गरेवापत नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष वापतको दस्तुर र वित्तीय विवरण अविलम्ब बुझाउन समेत भनेको छ । ‘अन्यथा उपरोक्त बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्रधिकरणले भनेको छ ।

रोयल नेटवर्क प्रालिले २०७४ वैशाख १५ गते इन्टरनेट तथा इमेल सेवा सञ्चालनका लागि प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो। उक्त कम्पनीको लाइसेन्स खारेज भएसँगै अब यस्तो लाइसेन्स रहेका कम्पनीको सङ्ख्या १३६ मा सीमित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma