Developed By Kuldeep Sharma

April 28, 2022

आमाछोराले किन सल्लाहमै हामफाले पर्खालबाट?

काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित कमेरेटारमा गतराति आमाछोराले पर्खालबाट हामफालेका छन्। करिब ५० मिटर अग्लो पर्खालबाट आमाछोरा हामफाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका-९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षकी मनमाया तिमिल्सिनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएका छन्।

मातुरामको वीर अस्पतालमा उपचार भइरहेको पाण्डेले जानकारी दिए। घट्ना राति साढे १० बजेतिरको हो। आमाछोरा डिप्रेशनका बिरामी रहेको र लामो समयदेखि औषधि सेवन गरिरहेको खुलेको पाण्डेले बताए।

‘सुसाइड नोट घटनास्थलमा भेटिएको छ। नोटमा मानसिक र शारीरिक रुपले अशक्त भएको हुँदा आमाछोराले सल्लाहमै आत्महत्या गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन्’ पाण्डेले भने। मातुरामले एक वर्षअघि पत्नीसँग डिभोर्स गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma