Developed By Kuldeep Sharma

August 13, 2022

सुन्दरीजल खोलामा खसेका पुरूषको जिवितै उद्धार

काठमाडौं। काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका पुरूषको जिवितै उद्धार भएको छ।

शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका एक पुरूषको प्रहरीले उद्धार गरेको हो। एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको भन्ने खबर पाएलगत्तै प्रहरि प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो।

सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारेका थिए।उनको अपराह्न सवा ५ बजे उद्धार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma