Developed By Kuldeep Sharma

May 1, 2022

तीन दिनदेखि बेपत्ता ३१ वर्षीया महिलाको शव गाडेको अवस्थामा फेला

काठमाडाैँ। इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ। इलाम नगरपालिका–८ सिङफ्रिङमा गाडेको अवस्थामा स्थानीय ३१ वर्षीय बिनिता काफ्लेको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार काफ्ले तीन दिनदेखि बेपत्ता थिइन्।

उनी हराएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए। खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले पुरिएको अवस्थामा फेला परेको जानकारी दिए।

हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
बिनिताका श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको थियो। उनीहरूका चार वर्षीया एक छोरी छन्। घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनको हत्या भएको आशंका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma