Developed By Kuldeep Sharma

September 23, 2022

म्यादीमा भर्ना हुन २ लाख ३२ हजारको आवेदन

काठमाडौँ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ दरखास्त परेको छ । देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए। प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म दरखास्त संकलन गरेको थियो । दरखास्त दिनेहरु मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन्।

म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुन्छ । काठमाडौं उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन् ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा सबैभन्दा धेरै आवेदन परेको छ।

मधेश प्रदेशमा ६६ हजार ८८४ आवेदन संकलन गरिएका डीआईजी राईले जानकारी दिए। खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् । यसपटक म्यादी प्रहरीले करिब ५० हजार रुपैयाँ तलब पाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma