Developed By Kuldeep Sharma

May 2, 2022

सामुदायिक वनभित्र श्रीमान्–श्रीमती मृत भेटिए

काठमाडाैँ। कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन्। आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको बताए।

जोशीले दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका जनाइएको छ। प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन्। अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका–५ मा आफ्ना आफन्तको घर बसेको खुलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma