काठमाडौँ। जेठ ९ गतेदेखि बुद्ध एअरले काठमाडौँ-बनारस उडान पुनः सुरु गर्ने भएको छ। तत्कालका लागि हप्तामा दुई दिन सोमबार र शुक्रबार उडान गर्ने बुद्ध एअरले जनाएको छ। यात्रुको अवस्था हेरेर बुधबारका दिन पनि सञ्चालन गर्न सकिने बुद्धको भनाइ छ।
बुद्धले ८ हजार ५११ भाडादर तोकेको छ। काठमाडौँबाट बिहान ७ः१५ मा उड्ने विमान ५० मिनेटमा बनारस पुग्नेछ। त्यसपछि भारतीय समयअनुसार बिहान ८ः३० बजे काठमाडौँका लागि उड्ने बताइएको छ। बुद्धले यसअघि काठमाडौँ-बनारस गर्दै आएको उडान कोरोना संक्रमण तीव्र भएसँगै दुई वर्षअघि स्थगित गरेको थियो।
प्रतिक्रिया