काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ। न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिटको पेसी तोकिएको हो।
मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका हुन्।
नवनियुक्त महानिरीक्षक सिंहले पद बहाली गरिसकेका छन् भने उनको नियुक्तिलाई लिएर असन्तुष्ट रहेका पोखरेल भने एक महिना लामो बिदामा छन्। अर्का असन्तुष्ट एआइजी शहकुल थापा भने आजैदेखि काममा फर्किएका छन्।
प्रतिक्रिया