काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्ध दायर रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रोकिएको छ। वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको थियो।
रिटको विपक्षमा बुधबार महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहस गरेका थिए। रिट निवेदक एआईजी पोखरेलको पक्षमा अन्तरिम आदेश दिएर चुनावको मुखमा प्रहरीलाई शून्य बनाउन नहुने उनको तर्क थियो। एसपीसम्म हालका आईजीपी धिरजप्रताप सिंह नै अघि रहेको र एसपीबाट बढुवा हुने क्रममा पछि पारिएको समेत खातीले तर्क गरेका थिए।
उक्त रिटमा सुनुवाइ सुरु हुनुअघि नै बढुवा भएका आईजीपी सिंह पक्षले हस्तक्षेप बहस गर्ने निर्णय गरेको थियो। सरकारी वकिल र प्रहरी प्रमुखले केही निजी कानुन व्यवसायीसमेत राखेर सर्वोच्च हस्तक्षेप बहसमा पुगेको थियो। सुनुवाइमा पोखरेल आफै पनि उपस्थित थिए।
प्रतिक्रिया