Developed By Kuldeep Sharma

March 17, 2023

बुढानिलकण्ठ नगरपालिकाले सुरु गर्‍यो सीप सम्मेलन तथा कृषि मेला

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ। ‘स्थानीय उत्पादनको प्रवर्द्धन गरौं, राष्ट्रिय अर्थतन्त्रलाई जोगाँउ’ भन्ने नाराका साथ बुनपाले वडा नम्बर ४ मा रहेको बुढानिलकण्ठ मन्दिर परिसरमा मेला आयोजना गरेको हो।

नगरपालिका भित्र रहेका स्थानीय उत्पानहरूलाई प्रवद्र्धन गर्ने मुख्य उदेश्यले मेला आयोजना गरिएको मेयर मिठाराम अधिकारीले बताए। नगरपालिकाले नगरभित्रका नागरिक आफ्नो खुट्टमा आफै उभिउन् भन्ने चाहना राख्ने मेयर अधिकारीको भनाइ छ।

अधिकारीले बुढानिलकण्ठमा भएको स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले यो सम्मेलन गरेको उनले बताए। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै सबै नागरिकलाई आत्मानिर्भर बनाउँदै धनी र सम्पन नागरिक बनाउने उद्देश्य भएको मेयर अधिकारी बताउँछन् । उनले नगरभित्र कति नागरिकहरू आफ्नो उत्पादन गर्न सक्छन् भन्ने एउटा रेकर्डको लागि पनि यो सम्मेलन आवश्यक भएको उनी बताउँछन्

। उनले धेरै घरेलु उद्योगीहरू स्टल नपाएर प्रवर्द्धनमा आउन नसकेको भन्दै गुनासो गरेको उनले सुनाए। आगामी वर्षमा यसलाई विस्तार गर्दै जाने उनले योजना सुनाए। मेयर अधिकारीले यो सम्मेलनले नगरपालिकालाई औद्योगिक क्षेत्रमा कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने रेकर्ड भएको सुनाए। अब नगरपालिकाले बैंकसँग सहकार्य गरेर घरेलु उद्यमीहरूलाई आर्थिक सहयोगको प्रवन्ध गर्ने तयारी छ।

यो मेला सकिएपछि सबै घरेलु उद्योगीहरूसँग छलफल गरेर घरेलु उत्पादनका लागि नगरपालिकाले गर्नेपर्ने सबै खाले सहयोग गर्न तयार रहेको अधिकारीले बताए । चैत ३ र ४ गते सञ्चालन हुने मेलामा ७४ वटा स्टल रहेको  । नगरपालिकाले ७१ वटा स्टललाई अग्रिम प्रर्दशनीको अनुमति दिएपनि अन्तिम समयमा ३ वटा स्टललाई थपिएको नगरपालिका कर्मचारी रबिन भण्डारीले जनाकारी दि । नगरभित्र उत्पादन हुने सागसब्जीदेखि लत्ताकपडा र निर्माणका समाग्रीहरू समेत स्टलमा बिक्रीका लागि राखिएको  ।

यसरी बिक्रीमा रादिएकामध्ये सबैभन्दा धेरै खाद्यान्यहरू विक्री भएका छन्। जसमा अचारलगायत रहेका छन् । मेलामा स्थानीय उत्पादनलाई प्रदर्शन गर्न पाउँदा आफूहरू खुसी भएको व्यवसायीहरू बताउँछन्। आफूले घरेलु रूपमा उत्पादन गर्दै आएको उत्पादनलाई नगरपालिकाले प्रवद्र्धन गर्न सहयोग गर्न मेला गर्दा धेरै खुसी भएको उनीहरू बताउँछन् । घरेलु व्यवसायीहरूले आफूहरू नसोचेको विषय नगरपालिकाले गरेको भन्दै आगामी दिनमा आफ्नो उत्पादनलाई बजारसम्म लान नगरपालिकाले सहयोग गर्ने अपेक्षा गरे।

यो मेलाको उद्देश्य घरेलु उत्पादन प्रवर्द्धनसँगै दक्ष जनशक्ति उत्पादन गर्नु पनि भएको उपमेयर अनिता लामाले बताइन्। उनले आफ्नो नगरपालिकामा परम्पारग रूपमा उत्पादन भएको धेरै कुराहरू लोभ हुने अवस्थामा रहेको बताइन्। स्थानीय उत्पादनलाई प्रवर्द्धन वा विकास गर्दा धेरै नागरिक घरेलु रूपमा नै स्वरोजगार र आर्थिक रूपमा सक्षम हुने ठानेर नगरपालिकाले मेलाको आयोजना गरेको उनले बताइन्।

नगरपालिकाको यो सम्मेलन घरेलु उद्यमीको रिपोर्ट लिने काम भएको उनले बताइन्  उनले भनिन्, ‘यहाँ धेरै मानिसहरू घरेलु उत्पादनमा जोडिनु भएको छ। कोहीको चलिरहेको छ। कोहीको छैन । कति चलेको छ, कति छैन र त्यसको समाधान के हुन्छ, भन्नको लागि यो मेला महत्वपूर्ण छ।’ घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने भनिए पनि कहिले पनि संस्थागत सुरु नभएका कारण पनि यो सुरुआत भएको दाबी छ।

रैथाने तामाङ नेवारहरूको सम्पति, संस्कार र सीप सबै मासिएको भन्दै समाजिक र सांस्कृत पक्षलाई पनि मजबुद बनाउँदै जाने उनले बताइन् । उपमेयर लामाले भने जस्तै मेलामा राखिएको सामाग्रीहरू घरेलु उत्पादन मात्र थिए। स्थानीय रूपमा पाइने कज्जा पदार्थलाई प्रयोग गर्दै कपडा, महिलाका श्रीङ्गारमा समानहरू मात्र हैन खाद्य समानहरू पनि बनेका छन्। धागो, फुर्का, काँटा, लत्ता कपाडा, अचार, सागका गुन्द्रुक, मुलाका गुन्द्रुक, च्याउँका अचार मात्र हैन बुङ्गुरको अचार, खुर्सानीका अचारलागयत सामानहरू प्रदर्शन र बिक्रीमा राखिएका छन्।

यो मेलाले रैथाने जिवन शैलीको बहस सुरु गर्ने उपमेर लामाको दाबी छ । उनले यी उत्पादनलाई बजारीकरणमा नगरपालिका सहयोगी भन्ने प्रतिवद्धता व्यक्त गरिन्। तर, अहिले मेलामा सहभागी उद्योगीहरूले आफ्नो उत्पादन विदेशमा बेच्छन्। कोहीले भने अनलाई माध्यमबाट आफ्नो उत्पादनको बजारीकरण मात्र होइन बिक्री पनि गर्छन्। आफ्नो उत्पादनले उचित बजार नपाएर भौतारी रहेका घरेलु उद्योगीहरू यो मेला तीर्खाको पानी जस्तो भएको बताउँछन् । चकटी, बत्ति काट्न आफैले सिकेका कृष्ण कुमारी लुइटेल आफ्नो उत्पादन कहाँ बेच्ने कसरी बेच्ने भएको अवस्थामा नगरपालिकाको यो मेला गर्दा खुसी भएको बताइन्।

आफ्नो उत्पादनको बिक्री विरण गर्ने दीर्घकालीन बजारको नगरपालिकाले व्यवस्थापन गरिदिए हुन्थ्यों भन्ने उनको अपेक्षा छ। लक्ष्मी थापाको पनि नगरपालिकासँग उस्तै अपेक्षा छ। उनले आफूले बेरोजगार भएको र केही जानेको सीपलाई नगरपालिकाले बजारीकरण गरिदिए रोजगारी भएर बाँच्च आश गर्छिन्।

घरेलु उद्योगीको समस्या समाधान गर्न नागरपालिकाले उनीहरू कै नेतृत्वमा एउटा समिति बनाउने र हाटबजारको कन्सेप्टमा व्यवस्थापन गर्ने उपमेयर लामाले योजना सुनाइन्। योसँगै उनले यस्तो मेला प्रत्येक पटक फरक वडामा गर्ने विषयमा पनि नगरपालिकाले सोच बनाइरहेको सुनाइन्। उनले यो छोटो र फेसनको रूपमा नभइ दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी सुरु गरिएको बताइन्। विकास डोजर खन्दा मात्र नहुने भन्दै उनले समाजिक, सांस्कृत, आर्थिक क्षेत्रलाई विकास गर्नु पनि भएको बताइन्।

उनले यसरी तत्लो तहमा रहेको नागरिकलाई विकास गर्दा मात्र देश साच्चै देश हुने बताइन्। सागको गुन्द्रुक, मुलाको गुन्द्रुक, अचार, साग, लसुन लगायत आफ्नो उत्पादन बेच्न ल्याएकी झुमा तामाङ नगरपलिकाको यो आयोजन आफूलाई असाध्यै मन परेको बताउँछिन्।

उनले यो उत्पादन गर्न कतैबाट सीप सकेकी भने छैनन्। आफ्नो आमा बुबाले गर्दै आएको सीपलाई आफूले पनि सिकेको उनी बताउँछिन्। आफ्ने बारीमा उत्पादन हुने तरकारीलाई विभिन्न किसिमका बनाएर पहिलो चोटी बेचेको बताइन्। अब नगरपालिकाले बेच्ने ठाउँ बनाइदिए आफूले पनि व्यवसायिक रूपमा उत्पादन गरेर बिक्री थाल्ने उनको तायरी छ।

२०७५ सालमा आधारभूत तालिम लिएर सुरु गरेकी जन जागृति महिला समूहकी अध्यक्ष सरस्वती नेपाली अहिले धेरै श्रीङ्गारका सामान बनाउ सक्छन्। उनले लामा, धागो, काँटा, फुर्का लगायत समानहरू बताउँछन्। उनले यो समानहरू फेसबुक, टिकटकबाट बेच्ने गरेकी छिन्। कहिले महिना भरी पनि बिक्री नहुने यो समान कहिले काँही चाही राम्रो बिक्री हुने उनी बताउँछिन्।

प्रत्येक स्टलमा मेयर उपमेयर पुगे उद्योगीहरू विषयमा चासो राख्दा उनीहरू खुसि देखिन्थे। नगरपालिकाको यो आयोजना राम्रो भएको प्रतिक्र्रिया मात्र दिएनन्, आफ्नो उत्पादनलाई बजारीकरण गर्न ठोस योजना समेत ल्याउन माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma