Developed By Kuldeep Sharma

May 6, 2022

बलात्कार अभियोगमा १५ वर्ष कैद

सप्तरी। बोल्न नसक्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा आज एक व्यक्तिलाई १५ वर्ष कैद सजाय भएको छ।

जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलासले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको हो। उनलाई कैद सजायका साथै रु पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिए।

गाईबस्तु चराउन गएकी बालिकालाई अमसोत नदीको किनार रहेको झाडीमा आरोपितले २०७७ जेठ १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर आरोपितलाई नियन्त्रणमा लिई प्रहरी चौकी पकरीको जिम्मा लगाएका थिए। जिल्ला अदालतको आदेशमा २०७७ जेठ २६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma