काठमाडौँ । पछिल्लो केही दिनयता हरियो तरकारीको भाउ फेरि बढ्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबार निकालेको तरकारीको थोक मूल्यसूचीअनुसार गोलभेडाको मूल्य ६६ रुपैयाँ कायम गरिएको छ।
मूल्यसूचीअनुसार आज ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल गोलभेडाको ६० रुपैयाँ, भारतीय गोलभेडाको ८६ रुपैयाँ ६७ पैसा, सानो भारतीय गोलभेडाको मूल्य ५० रुपैयाँ, रातो आलुको मूल्य २९ रुपैयाँ, सुकेको प्याज ३३ रुपैयाँ, लोकल गाजर ६६ रुपैयाँ ६७ पैसा र बन्दा ६५ रुपैयाँ रहेको छ।
त्यस्तै, स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, ज्यापु काउलीको ६६ रुपैयाँ, सेतो लोकल मूला २३ रुपैयाँ ७५ पैसा, डल्लो भन्टा ६६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ४५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, घिरौला ३० रुपैयाँ, लौका १८ रुपैयाँ ३३ पैसा, तितो करेला ३५ रुपैयाँ, भिण्डी ४४ रुपैयाँ, स्कुस ४५ रुपैयाँ र रायोको साग ८६ रुपैयाँ ८७ पैसा रहेको छ ।
यसैगरी चमसुरको सागका औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, मेथीको साग १०५ रुपैयाँ, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ तोकिएको छ।
त्यस्तै कुरिलो ३६६ रुपैयाँ ६७ पैसा, न्यूरो ५५ रुपैयाँ, ब्रोकाउली १२५ रुपैयाँ, सौफको साग १४५ रुपैयाँ, तामा ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, भेडे खुर्सानी ८५ रुपैयाँ छ।
यस्तै हरियो लसुन १३५ रुपैयाँ, सकेको नेपाली लसुन ८६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन १७० रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, अमला ९५ रुपैयाँ, अदुवा ५६ रुपैयाँ, ताजा माछा (मुंगरी) २८० रुपैयाँ रहेको जनाइएको छ।
प्रतिक्रिया