काठमाडौं। सल्यानमा चुनाव प्रचारमा हिँडेको गाडीको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोहि ठाउँका १८ वर्षीय खुमराज थापा मगर रहेका छन्। उनी कालिमाटी गाउँपालिका–२ दानीगौरामा लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थिए।
गम्भीर घाइते मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मृतक थापा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका भूपेन्द्र घर्ती मगर सहितको टोलीको प्रचारमा हिँडेका थिए।
प्रतिक्रिया