Developed By Kuldeep Sharma

August 20, 2023

बालबालिकाको क्षेत्रमा गरिने लगानीले देशलाई समुन्नत बनाउछ : उपसभामुख राना

काठमाडौं । प्रतिनिधीसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाको क्षेत्रमा गरिने लगानीले देशलाई समुन्नत बनाउने बताएकी छन्।

बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को २१ औं स्थापना दिवसको अवसरमा आइतवार राजधानीमा आयोजित समारोहलाई सम्वोधन गर्दै उनले सो कुरा बताएकी हुन्।

उपसभामुख रानाले आमाबुवा जेलमा पर्दा सँगै पुगेका बालबालिकाको उद्धार तथा व्यवस्थापन गर्ने सामाजिक काममा आफु विगतमा संलग्न भएको स्मरण गर्दै बालबालिकामा गरिने लगानी देशका लागि योग्य नागरिक उत्पादन गर्ने माध्यम भएको बताइन्।

उनले बालबालिकाको क्षेत्रमा हाल बजेट कटौती गर्दै लगेको सन्दर्भ निक्कै गम्भिर त्रुटी हो भन्दै अर्थमन्त्रालय तथा सम्वन्धीत निकायको ध्यानाकर्षण गराएको जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma