काठमाडौं । चितवनको भरतपुरमा युवक हत्या गरिएको स्थानमा दुई वटा गोलीको खोका भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले घटनास्थलमा दुई वटा गोलीका खोका भेटिएको जानकारी दिए।
‘गोलीको खोका सानो हतियारको हो, गोली नै लागेको हो या हैन भनेर पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्छ,’ अधिकारीले भने। आइतवार साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-१२ निवासी अनिल परियार ‘कान’ को धारिलो हतियारबाट हत्या गरिएको थियो।
हत्या गरिएको युवक एक वर्षअघि जेलबाट छुटेको खुलेको छ। उनीविरुद्ध यसअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको प्रहरीले जनाएको छ। उनी एक वर्षअघि जेलबाट छुटेका थिए। अधिकारीले यसअघि आपराधिक कृयाकलापमा जोडिएका उनलाई त्यही पृष्ठभूमिका युवाहरूसँगको विवादका क्रममा आक्रमण भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
अधिकारीका अनुसार परियार एकजना भारतीय नागरिकसँग नजिक थिए। घटनामा तिनै भारतीयको संलग्नता रहेको अनुमान गर्दै प्रहरीले अनुसन्धान थालेको अधिकारीले बताए। अनी फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। भरतपुर-७ कृष्णपुर खेलमैदान अगाडि धारिलो हतियार प्रहार भएपछि परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया