स्याङ्जा । हरिनाश र आँधीखोला गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबीच झडप भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार झडपमा चार जना घाइते भएका छन्।
हरिनाशको चिसापानीमा भएको झडपमा कांग्रेसका ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ। आँधीखोलाको सेतीदोभानमा भएको झडपमा पनि दुई जना घाइते भएका छन्।
प्रतिक्रिया