काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि आजबाट देशभरका विद्यालय बन्द भएका छन्। पर्सी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज, भोली र पर्सी विद्यालय बन्द हुन लागेका हुन्। निर्वाचनका लागि ३ दिन बन्द हुने भएपनि लगातार ६ दिन बिदा परेको छ।
३१ गते शनिबार र जेठ १ गते आईतबार सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू हुने र २ गते बुद्ध जयन्ती परेपछि लगातार ६ दिन विद्यालय बन्द हुने भएका हुन्। शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र भएका विद्यालय ३० गतेसम्म बन्द रहने जानकारी दिएको छ।
अधिकांश निजी विद्यालयहरू पनि आजबाट बन्द भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले आजबाट ६ दिनसम्म विद्यालय बन्द हुने जानकारी दिए।
प्रतिक्रिया