Developed By Kuldeep Sharma

May 27, 2022

काठमाडौंमा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप

काठमाडौं। काठमाडौं महानगरपालिकामा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप लगाइनेछ । हिजोबाट सुरु भएको खोप अभियान भोलि (शनिबार)सम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप दिने व्यवस्था मिलाइएको छ ।

पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिइरहेको महानगरले जनाएको छ ।

दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेले परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma