Developed By Kuldeep Sharma

April 25, 2022

नेपाल टी–२० लिग असोजमा गर्ने तयारी

काठमाडौँ। नेपालको आधिकारिक टी–२० लिगको रुपमा नेपाल क्रिकेट संघले नेपाल टी–२० प्रतियोगिताको घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै क्यानले यस प्रतियोगितासंगै नेपाली क्रिकेटरलाई अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्ने अवसर दिने बताएको छ।

यो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले समेत मान्यता दिइसकेको छ । यो प्रतियोगिताको रणनीतिक तथा व्यापारिक साझेदारको रुपमा भारतको सेभेन थ्री स्पोर्टस रहने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले बताए। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलेनेपाल टी–२० ले नेपाली क्रिकेटलाई मात्र नभई सिंगो अर्थतन्त्रलाई नै फाइदा पुग्ने बताएका छन् ।

यो प्रतियोगिताले नेपालको क्रिकेटको स्तर माथि उठाउन सहयोग गर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। नेपाल क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले क्रिकेटमा करिअर बनाउँदै गरेका युवा खेलाडीका लागि यो लिग कोशेढुंगा हुने भन्दै खुशी व्यक्त गरे। लिगको मिति भने अझै घोषणा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma