Developed By Kuldeep Sharma

July 10, 2022

लुम्विनी आइटीएफ तेक्वान्दो संघको अधिवेशन

बुटवल। लुम्विनी प्रदेश आइटीएफ तेक्वान्दो संघको दोस्रो प्रदेश साधारण सभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ।

अधिवेशनबाट रितमान कामुमगरको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ। उपाध्यक्ष गिता क्षेत्री, नवराज खरेल, सचिव विक्रम बाँठा मगर, कोषाध्यक्ष राजन रसाईली, सदस्यहरूमा जमालुदिन शेख, श्याम बहादुर गाहा मगर, राकेश सिंह रायमाझी, कृष्ण प्रसाद बाँठा मगर, विजय पुन मगर, भीम ज्ञवाली, राकेश मगर, गिर बहादुर घर्ति मगर निर्विरोध चयन भएका छन्।

न्याय, सत्यता र विश्व शान्तिका साथै “स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सहसराम यादव थिए। विशिष्ट अतिथि लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma