Developed By Kuldeep Sharma

April 27, 2022

नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ गते देखि

काठमाडौं। सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । आगामी जेठ २२ गते देखि २८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। कोभिड १९ को महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता स्थगित भएको थियो।

राष्ट्रिय खेलकुदमा आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आ.वमा राष्ट्रिय खेलकुद परिषद्बाट रु १६ करोड बजेट विनियोजन गरिएको छ । आयोजक रहेको प्रदेशले त्यसक्षेत्रको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्नका लागि प्रस्ताव गरेको छ । गण्डकीमा हुने प्रतियोगितामा रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ भने यी दुई बाहेक पुराना ३५ खेल हुनेछन्।।

प्रदेशको सबै जिल्लामा कम्तीमा एक खेल भएपनि सञ्चालन गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma