Developed By Kuldeep Sharma

September 26, 2022

डेनमार्कसँग हार्‍यो फ्रान्स

काठमाडौँ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्स डेनमार्कसँग २–० गोल अन्तरले पराजित भएको छ।

आइतबार भएको खेलमा डेनमार्कलाई जित दिलाउने क्रममा खेलको ३३ औं मिनेटमा कास्पर डोलबर्ग र खेलको ३९ औं मिनेटमा आन्द्रेस स्कोभ ओल्सेनले १/१ गोल गरेका थिए।

खेलको दुवै गोल पहिलो हाफमा भएको थियो। यससँगै समूह एमा रहेको फ्रान्सले ६ खेलबाट ५ अंक मात्रै भएको छ। फ्रान्सले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। त्यस्तै डेनमार्कले भने ६ खेलबाट १२ अंक हात पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma