Developed By Kuldeep Sharma

September 26, 2022

इंग्ल्याण्डमाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौँ। इंग्ल्याण्डविरुद्धको चौथो टी२० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्याण्डमाथि तीन रनको जित हात पारेको हो। पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनाएको थियो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ८८ रनको पाली खेलेका थिए। जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो।

इंग्ल्याण्डका लागि ह्यारी ब्रूक र लियाम डसनले समान ३४ रनको पाली खेलेका थिए भने बेन डकेटले ३३ रन बनाएका थिए।

इंग्ल्याण्डलाई अन्तिम दुई ओभरमा जितको लागि ९ रन चाहिएको थियो र हातमा तीन विकेट बाँकी थियो। तर, १९ औं ओभरमा ५ रन बनाउँदा इंग्ल्याण्डको दुई विकेट झरेको थियो।

अन्तिम ओभरको दोस्रो बलमा रीस टोप्ली रनआउट भएसँगै पाकिस्तानले रोमाञ्चक जित हात पारेको हो।

यससँगै सात खेलको सिरिजमा पाकिस्तानले २–२ को बराबरी गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma