Developed By Kuldeep Sharma

May 1, 2022

टी-ट्वान्टी अभ्यास: नेपालले जिम्बावे ‘ए’ लाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । टी-ट्वान्टी अभ्यास सिरिजको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो। नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे। त्यस्तै कुशल भुर्तेलले ४६ रन बनाए। नेपालले पाँचौँ ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो।

नेपालका आसिफ शेख लुके जोन्वेले आसिफलाई क्याच आउट गराए। आसिफले नेपालका लागि ९ रन जोडे। ११औँ ओभरको दोस्रो बलमा नेपालले कुशल भुर्तेलको रूपमा दोस्रो विकेट गुमायो। ब्रन्डोन माभुटाले कुशललाई ४६ रनमा क्याच आउट गराए।

१४औँ ओभरको पाँचौँ बलमा नेपालले रोहित कुमार पौड्यललाई तेस्रो विकेटको रूपमा गुमायो। रोहितलाई जोन मसराले ३६ रनमा आउट गराए। १६औँ ओभरमा पहिलो बलमा दीपेन्द्रसिंह ऐरी २८ रन बनाएर रन आउट हुँदा नेपालले आफ्नो चौथो विकेट गुमायो। १७औँ ओभरको दोस्रो बलमा नेपालले पाँचौँ विकेट गुमायो। नेपालका आरिफ शेखलाई बार्ड इभान्सलाई २ रनमा आउट गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma