काठमाडौं । जिम्बावे ए विरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो।
नेपाली टिममा एक खेलाडी परिपवर्तन गरिएको छ। आरिफ शेखको स्थानमा भीम सार्की पहिलो एघारमा खेल्दैछन्। पहिलो टी-२० खेलमा आइतबार नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको थियो।
नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।
प्रतिक्रिया