Developed By Kuldeep Sharma

May 3, 2022

आईपीएलः राजस्थानमाथि कोलकाताको जित

काठमाडाैँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि ७ विकेटको जित हात पारेको छ। सोमबार पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ५४ रनको पाली खेलेका थिए। जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १९ ओभर १ बल खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

कोलकालाका लागि नितिश रानाले अविजित ४८ र रिन्कु सिंहले अविजित ४२ रनको पाली खेले। यससँगै कोलकाताले १० खेलबाट ८ अंक जोडेको छ। राजस्थानले भने समान खेलबाट १२ अंक जोडेको छ।

९ खेलबाट १६ अंक जोडेको गुजरात लिगको शीर्षस्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मुम्मबई पुछारमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma