काठमाडाैँ। इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमागि ३–० गोल अन्तरको जित हात पारेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सोमबार महत्वपूर्ण जित हात पारेको हो।
सोमबारको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेका थिए। त्यस्तै खेलको ६१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पनाल्टीमार्फत गोल गरे।
खेलको ७२ औं मिनेटमा राफेल भरानेले अर्को गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाए। यससँगै लिगमा युनाइटेडले ३६ खेलबाट ५८ अंक जोडेको छ। युनाइटेड लिगको छैटौं स्थानमा छ।
प्रतिक्रिया